२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरले जित्यो



अ+ अ-

धरान । धरानमा जारी २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । धरान १६ स्थित रङ्गशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १(० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद रु १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद रु २५ हजार प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद रु १० हजार पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए । विजेता तथा उपविजेता खेलाीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेडल प्रदान गरे । रासस