५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, नेपाल पक्ष सहभागी नहुने



अ+ अ-

काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। बैठक आज (शुक्रबार) बिहान ११ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू नजाने भएका छन्।

हिजो (बिहीबार) नेपाल पक्षका स्थायी कमिटी बैठकले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेका थिए।

नेपाल पक्षका स्थायी कमिटी बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले  पार्टी एकतामा हानी पुर्याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको बताएका थिए । 

अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रूपान्तरण गरेका थिए।