२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार आठ दलीय बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय समेत गरेको छ ।

राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूको भनाई छ ।