२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छु: उम्मेदवार पौडेल(भिडियोसहित)



राष्ट्रपति पदका उम्मेदवार पौडेल मतदान गर्नुहुँदै
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । हउाँले संविधानको अक्षरश: भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाउनु भयो । उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताउनु भयो । उहाँले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरश: भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।

 




भर्खरै