काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजधानीको आरआर कलेज अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघले प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै पुत्ला दहन गरेको हो ।
कलेजबाट बाहिर निस्किएर पुत्ला जलाएपछि प्रहरीसँग नेविसंघका कार्यकर्ताको घम्साघम्सी समेत परेको थियो।












