२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक आज शनिबार बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजे बस्ने भएको हो ।

यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने निर्वाचन आयोगको अडानपछि गठबन्धन अन्योलमा परेको छ ।

यसअघि गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रासहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो । तर, पछिल्लो समय जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको छ ।

उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।