५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा, नियमावलीको व्यवस्था अनुसार अध्यादेश पेश हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुनेपनि उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परिक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको छ ।