२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताउनु भयो । उहाँले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताउनु भयो । उहाँले फिल्मबाट धेरै कुरा सिकेको बताउनु भयो ।

त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताउनु भयो । उहाँले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताउनु भयो । उहाँले सबैले फिल्म हेर्न जान आग्रह गर्नुभयो । कलाकारले आफ्नो तर्फबाट सकेको अभिनय गरेको बताउनु भयो ।

चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुनेछ । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुनुहुन्छ । फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।