२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरले आसिफ र आरिफलाई १–१ थान मोटरसाइकल दिने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी देशलाई क्वालिफायर छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल उपहार दिने भएको हो ।

शेख दाजुभाइ वीरगञ्जका बासीन्दा हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा आसिफ र आरिफले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न लायक रहेकोले दुबैलाई पुरस्कार स्वरुप एक÷एक थान मोटरसाइकल प्रदान गर्न लागेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरवको विषय भएकाले सम्मान स्वरुप मोटरसाइकल प्रदान गर्न लागेको उल्लेख गरे ।

राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरूले वीरगञ्जका ऊर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको नगरप्रमुख सिंहको भनाइ छ ।