२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन सांसद गौतमको आग्रह



अ+ अ-

काठमाडौँ । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राख्नुभएको थियो ।

सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस