काठमाडौं । आज बजारमा सुनको मुल्य स्थिर रहेको छ।
हिजो (आइतबार) प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) पनि सोही मुल्यमा प्रतितोला रु ९० हजार ७ सयमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि हिजो (आइतबार) कै मुल्य प्रतितोला रु ९० हजार २ कायम भएको छ ।
यता चाँदीको मुल्य पनि हिजो कै मुल्य प्रतितोला रु १३०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







