काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बालुवाटारमा बिहान ९ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन अघि नै एमालेले विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ । विधान महाधिवेशन एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ ।
पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।
माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।












