३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न अग्रसर: केपी ओली



अ+ अ-

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको १० दलीय गठबन्धन १० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न तयार भएर बसेको आरोप लगाउनु भएको छ ।

आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पुतलीको लार्भाले रुखलाई निमिट्यान्न पारेझैं १० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न तयार भएर बसेको आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो पुतलीको एउटा स्टेज हुन्छ, लार्भ स्टेज । रुखको पात निमिट्यान्नै पार्दिन्छ । तिनीहरुले त एउटा रुखको पात निमिट्यान्न पार्छन् । यिनीहरुले देशै खुइल्याएर छोड्ने भए । देशै निमिट्यान्न पार्ने भए । दशतिर फर्किएका दश वटा मुख हाउँहाउँ गरेर बसेका छन् । के खाउँ ? के खाउँ गरेर बसेका छन्,।’

अध्यक्ष ओलीले एमालेले हतार नगरी देशलाई यस्ता तत्वहरुबाट मुक्त गराउने बताउनु भयो । उहाँले भन्नुभयो ‘यस्ताहरुबाट देश मुक्त गराउनु छ एमालेले । हत्तार गर्न हुँदैन । हतारोले मात्रै हुँदैन । हामील गराउन सक्थ्यौं, साच्चै एमाले एमालेझैं भएर लागेको भए,।’