२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ ।

‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’ आदेशमा भनिएको छ ।

१५ फागुनमा सर्वोच्च अदालतले पीडितको लागि आवश्यक मानसिक शारीरिक स्वास्थ्य उपचारको खर्च पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्तिको रूपमा उपलब्ध गराउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि युवतीले आफूलाई सामाजिक परामर्श आवश्यक भएकाले विज्ञसँग उपचार गराइरहेको जानकारी गराउँदै भरणपोषणका लागि क्षतिपूर्ति पाउँ भनी जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

अब अन्तिम सुनुवाइका लागि सोमबार जिल्ला अदालतमा पेशी तोकिएको छ ।




भर्खरै