सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई स्थगित भएको छ ।
सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थगित गरिएको हो ।
एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ ।












