२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमद्वारा जर्मनी पराजित



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण खेलमा बेल्जियमले जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले जर्मनीलाई ३–२ गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन यानिक कारास्को, रोमेलु लुकाकु र केभिन डी ब्रुएनाले एक–एक गोल गरे । घरेलु टोली जर्मनीका निकलास फुल्कवर्ग र सर्ज जीनाब्रीले एक–एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

खेलको छैटौं मिनेटमा नै कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा फुल्कवर्गले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई २–१ को स्थितीमा ल्याए ।

यता ७८ औं मिनेटमा डि ब्रुएनाले गोल गर्दा बेल्जियम ३–१ को स्थितीमा रह्यो । ८७ औं मिनेटमा जर्मनीका जीनाब्रीले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।