२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’



अ+ अ-

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गरेका छन्।  

देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गरेका थिए। २०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन्। विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चित कालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचण्डको महत्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहेर दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप लगाएका छन्।

मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका छन्। गत ७ असारमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरु राखेर ८ असारमा नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली काँग्रेस, नेकपा एमाले ९माधव समूह०, माओवादी केन्द्रलगायतका दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा उत्रेको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेका बीच दोहोरो भीडन्त भएको थियो। दोहोरो ढुँगा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुवैतिरबाट निशाना बनेको थियो ।  नागरिक दैनिकमा यो समाचार छ ।