२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले पाउने मन्त्रालयको भागबन्डा टुंगियो‚ कुन दललाई कुन मन्त्रालय ?



file
अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयहरुको भागबन्डा टुंगिएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र नेकपा (एकीकृत समाजवादी) ले २ मन्त्रालय पाउने भएका छन् ।

सत्ता साझेदार मध्येको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानून मन्त्रालय पाउने भएको छ । त्यसैगरी माओवादी केन्द्रले गृह, ऊर्जा, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउँदा एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बताइएको छ । अन्तिम समयमा कुनै विवाद नभए अहिलेसम्मको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।