२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ करोडको कोकिनसहित काठमाडौंबाट २ भारतीय महिला पक्राउ



अ+ अ-

काठमाडौं । लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते अनुमानित ११ बजेर १५ मिनेटमा यण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भातको नयाँ दिल्ली जान लागेको सरचिप मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा ४ वटा लेडिज ब्यागमा फ्लसबटम बनाइ भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागु औषध केकिन २.८८७ के.जी. सहति पक्राउ गरिएको बताउनु भयो ।

त्यस्तै विशेष सूचनाको आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताउनु भयो ।

अवैध कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको छ ।




भर्खरै