काठमाडौं । आज बजारमा सुनको मुल्य पुनः सामान्य रुपमा घटेको छ। सुनको मुल्य तोलामा रु २ सयले घटेको हो ।
हिजो (बुधबार) प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) रु २ सयले घट्दै प्रतितोला रु ९० हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९० हजार कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १२९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







