काठमाडौं । पाँच दलका भातृसंगठन (विद्यार्थी संगठन)हरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँमा आबद्ध विद्यार्थीहरुले बिहीबार दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्ने भएका हुन् ।
संयुक्त विज्ञप्तिमार्फत देशभर प्रदर्शन गर्ने तयारी रहेको उनीहरुले जनाएका छन् ।
जनताको ठूलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री ओली निरन्तर उद्धत रहेको उनीहरुले आरोप समेत लगाएका छन् ।












