२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल बहिनी प्रियंकाको साथ सुरत प्रस्थान, सजाय विरुद्ध अपील गर्ने



अ+ अ-

एजेन्सी । लोकसभाबाट अयोग्य घोषित भएको ११ दिनपछि राहुल गान्धी सोमबार सुरत अदालत प्रस्थान गरेका छन् । यसअघि बिहान करिब १०ः४५ बजे सोनिया गान्धी राहुललाई भेट्न उनको घर पुगिन् ।

सोनियालाई भेटेको १ घण्टापछि राहुल सुरतको लागि आफ्नो घरबाट निस्किएका थिए । राहुलसँगै प्रियंका गान्धी, राजस्थानका सीएम अशोक गहलोत र छत्तीसगढका सीएम भूपेश बघेल पनि सुरत जाँदैछन् ।

यसैबीच केन्द्रीय कानूनमन्त्री किरण रिजिजुले कांग्रेसलाई निशाना बनाएका छन् । रिजिजुले भने, ‘जब तिम्रो (राहुल गान्धी) ट्रायल चलेको थियो, तब किन अपिल गरेनन् ? अहिले डराउनको लागि यो नाटक भईरहेको छ । यो अदालतमा दबाब सिर्जना गर्न मात्र हो । कांग्रेसले सिंगो परिवारलाई देशभन्दा माथि ठान्छ ।’

मार्च २३ मा सूरत अदालतले राहुल गान्धीलाई ‘सबै चोहरुको उपनाम मोदी किन हुन्छ ?’ भनाइसँग सम्बन्धित मानहानि मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई दुई वर्ष कैद र १५ हजार जरिवाना तोकिएको थियो । अदालतले राहुललाई सजायविरुद्ध अपील गर्न ३० दिनको समय दिएको थियो । त्यही अनुसार राहुल आज सुरत प्रस्थान गरेका हुन् ।