२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो । सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनु भयो । उहाँले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनु भयो ।

उहाँले कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनु भयो । उहाँले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताउनु भयो । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उहाँको भनाइ थियो ।

पूर्वराजा शाहले भन्नुभयो, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईहरुबाट जस प्रकारको चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । स्थिरता र स्थायित्व, सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ ।

निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुछ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुछ । आफ्नो भूभागका जनतानै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नसक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस् ।’

पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनु भयो ।




भर्खरै