काठमाडौ । पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्गले राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ । १९ दिन स्वास्थ्यमन्त्री रहनु भएका तमाङ्गले आफूले गरेका कामको बिवरण प्रस्तुत गर्दे कारोना नियन्त्रणमा ईमान्दार प्रयत्न गरेको र खोप ल्याउने सम्बन्धी सबै प्रकृया पुरा गरी केही दिनमा नै खोप आउने सुनिस्चित भएको जनाउनु भएको छ ।
उहाँले खोपको सुनिश्चिता भएको अबस्थामा राजनीतिक घटनाक्रमका कारण खोप ल्याउन ढिला भएर नागरिकको जीबनमा असर परे त्यसको नैतिक जिम्मेबारी कसले लिने प्रश्न गर्नुभएको छ । उहाँले सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात गरेको जानकारी गराउनु भएको छ ।
यसै गरी सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको पनि जनाउनु भएको छ । यसै गरी १९ दिनमा गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको पनि उल्लेख गर्नुभएको छ ।
काम चलाउ सरकारले मन्त्रमिण्डल पुनःगठन गर्ने कार्य सबिधान बिपरित भएको भन्दै सर्बोच्च अदालतले मंगलबार २१मन्त्री र तीन राज्य मन्त्रीको नियुक्ति बदर गरेको थियो ।












