एजेन्सी । संयुक्त राज्य अमेरिकाले संसारका विभिन्न मुलुकलाई थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिने बताएको छ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।
नेपाललाई अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा राखिएको छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने जनाएको छ ।
अमेरिकाले अहिले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई बाँड्ने भएको छ ।
अमेरिकाले अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको खोप पनि राखेको छ ।












