२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली



अ+ अ-

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् ।

कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए ।

‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ ।

यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।