२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज असार ८ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): कला, सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । हाम्रो पात्रो
 




भर्खरै