२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम ओभरमा लगातार पाँच छक्का खाएका बलर यश दयाललाई म्यासेज गरेर रिंकु सिंहले के भने ?



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)का ब्याट्सम्यान रिंकु सिंहले गुजरात जाइन्ट्स (जीटी) विरुद्धको खेलपछि बलर यश दयाललाई टेक्स्ट म्यासेज गरेर प्रोत्साहन गरेको खुलासा गरेका छन् । यश दयाल ती बलर हुन् जसको ओभरको अन्तिम ५ बलमा रिंकुले ५ छक्का प्रहार गर्दै आइतबार कोलकातालाई ३ विकेटले जित दिलाएका थिए ।

इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रिंकुले भने, ‘मैले खेलपछि यशलाई म्यासेज गरेर क्रिकेटमा यस्तो हुने गरेको बताएँ । तिमी यी सबै बिर्सनु र आफ्नो बलिङमा ध्यान दिनु । तिमीले गत वर्ष साँच्चै राम्रो प्रदर्शन गरेका थियौ ।’

यस खेलमा पहिले ब्याटिङ गर्दै गुजरातले ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । यस खेलमा एक विन्दुमा कोलकाताले खेलमा कब्जा जमाएको थियो तर गुजरातका कप्तान राशिद खानले १७ औं ओभरको पहिलो ३ बलमा ह्याट्रिक लिएपछि खेल गुजराततर्फको पक्षमा मोडियो ।

राशिदले ओभरको पहिलो बलमा रसेललाई आउट गरेका थिए । त्यसपछि दोस्रो बलमा सुनिल नारायण र तेस्रो बलमा शार्दुललाई एलबीडब्लु गर्दै ह्याट्रिक पूरा गरे । यो ओभरपछि कोलकाताको स्कोर १५७/७ थियो । कोलकातालाई १८ बलमा ४८ रन आवश्यक थियो । अन्तिम ओभरमा कोलकातालाई जितका लागि २९ रन आवश्यक थियो ।

गुजरातका लागि यश दयाल बलिङ गर्दै थिए । उमेश यादवले पहिलो बलमा एक रन लिए । त्यसपछि अन्तिम ५ बलमा २८ रन आवश्यक थियो । रिंकु १६ बलमा १८ रनमा खेल्दै थिए । उनले ओभरको बाँकी ५ बलमा लङ अफ, स्क्वायर लेग र लङ अनतर्फ ५ छक्का प्रहार गरी आफ्नो टोलीलाई ३ विकेटले अविश्वसनीय जित दिलाए ।

यसअघि केकेआरले पनि खेलपछि यशलाई उत्प्रेरित गर्न ट्वीट गरेको थियो । केकेआरले लेखेको छ, ‘कुनै समस्या छैन यश । आज काममा बस एक कठिन दिन थियो । क्रिकेटका उत्कृष्ट खेलाडीमा पनि यस्तो हुन्छ । यश दयाल तिमी च्याम्पियन हौ, तिमी बलियो भएर फर्कने छौ ।’