ऐजेन्सी । युरो २०२० अन्तर्गत आज (आइतबार) समूह एका अन्तिम खेलहरु हुँदैछन् । राति ९ः४५ बजे अजरबैजानको बाकु ओलम्पिक स्टेडियम स्वीट्जरल्यान्ड र टर्की आमनेसामने हुँदैछन् ।
यस्तै सोही समयमा इटाली र वेल्सबीचको खेलपनि इटालीको स्टेडीओ ओलम्पिको मैदानमा हुँदैछ । समूहको विजेता बन्दै इटाली यसअघि नै नकआउट चरण (अन्तिम १६) मा पुगिसकेको छ ।
वेल्सको २ खेलबाट ४ अंक छ भने तालिकाको दोस्रो स्थानमा छ । स्वीट्जरल्यान्डले १ बराबरीसहित १ अंक जोडेको छ भने टर्की जितबिहिन रहँदै अंक जोड्न सकेको छैन । लगातार ३० खेलमा अपराजित रहेको इटालीलाई रोक्न वेल्सलाई चुनौतीपूर्ण देखिन्छ । पछिल्ला १० खेलमा इटालीले गोल समेत खाएको छैन ।












