काठमाडौं । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूबिच आज निषेधाज्ञाबारे थप छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी रहेको छ । बैठक आज अपरान्ह ३/४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूबिच बस्नेछ ।
बैठकमा निषेधाज्ञा थप गर्ने र कुन/कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । यधपी कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।
अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।
यतायातको हकमा भने जोर/बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।












