काठमाडौ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पैरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।
भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । सो रकमबाट एभिन्युज टेलिभिजन मार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।
स्मरणरहोस्- भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यन्न, स्वास्थ्य सामाग्री र मास्क गरेर ३१ लाख ३० हजार रूपियाँ प्रदान गरेको थियो ।












