५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपर दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिनुभयो ।

बुधबार राति १०ः०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो । भिरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी राईले बताउनुभयो ।

त्यस्तै टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँच्चिएको सूचना अधिकारी राईले बताउनुभयो । गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । रासस