काठमाडौं । आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक आज (बिहिबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । आजको बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न लागिएको छ ।
आजको बैठकले शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिकालाई पारित गर्ने छ । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइउनुपर्ने र सो नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका रहेको छ ।
भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।












