२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु



अ+ अ-

टाइयुआन । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । 

डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । 

खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ । खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदूरको खोजी जारी रहेको छ । स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन शुरु भइसकेको जनाएको छ । 

खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ भेटिएको बताएका छन् । बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । (रासस–सिन्ह्वा)