२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई बधाई दिँदै जितनारायणले भने– परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ



फाईल फोटो
अ+ अ-

काठमाडौं । चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले अहिलेको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

चितनव–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई जितका लागि बधाई दिँदै श्रेष्ठले यस्तो बताएका हुन् ।

उम्मेदवार श्रेष्ठले जनताले परिवर्तन खोजिसकेको बताए । उपनिर्वाचनले अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको उनले बताए ।

‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं’, उनले भने, ‘व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’

उपनिर्वाचनबाट जे परिणाम आएको छ त्यसलाई सहर्ष स्वीकार गर्ने बताउदै उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

उनले जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए । ‘सबैठाउँको मतपरिणाम हेर्दा सबैले परिवर्तनको आभास खोजेका छन् । आम जनता राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भन्दा पनि परिवर्तन खोजेका छन् । ठूला दललाई कि त सच्चिनुपर्छ कि त सक्किनुपर्छ भनेर चुनौति दिएको छ ‘, उनले भने ।