५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीउधनको सुरक्षा र निर्वाचनको तयारी गृहमन्त्रीका प्राथमिकता



अ+ अ-

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

मन्त्रीमा नियुक्त भएको चौथो दिनमा आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उहाँले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीलाई देशको स्वाधिनताको रक्षा र कानूनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने प्रण गर्नुृभयो । ‘‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहान्छु ।’’ 
मन्त्रालयका सचिव महेश्वर न्यौपानेलगायत अधिकारीका साथ प्रस्तुत मन्त्री अधिकारीले भन्नुभयो, ‘‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदोरहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहान्छु ।’’

मन्त्री अधिकारीलाई पत्रकारहरुले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।