काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने सहमतिसँगै इन्धन ढुवानीमा संलग्न ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारले बुधबारदेखि नै चालकलाई खोप दिने भएपछि उनीहरुआन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।
मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा बुधबारदेखि नै खोप लगाउन सुरु गर्ने सहमति भएको हो ।
बागमती प्रदेश कार्यालय, धानकोट र २ नम्बर प्रदेशिक कार्यालय अमलेखगञ्जमा खोपका कारण रोकिएका सवारी सञ्चालन गर्नेगरी सहमति भएको छ ।
बागमती प्रदेश कार्यालयको काठमाडौं र अमलेखगजमा रहेका चालकलाई उतै खोप लगाउनेगरी व्यवस्था गर्नेगरी सहमति गरिएको छ ।













