५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क भेन्टीलेटर मर्मत गर्दै इन्जिनियर समूह (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरुको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरुको मर्मतसम्भार गरिदिन थालेको हो । 

कतिपय अस्पतालमा भेन्टीलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आइसियुमा प्रयोगहुने विभिन्न उपकरणहरु चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरुको समुहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ । इन्जिनियरहरुको समुहको एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको उहाँले बताउनुभयो । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफुहरुले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उहाँले बताउनुभयो ।

इन्जिनियरहरुको उक्त समुहले मंगलबार ललितपुरस्थित सर्वाङ्ग अस्पतालमा रहेको भेन्टीलेटरको समस्यालाई अस्पताल मै आइ समाधान गरिदिएको इन्जिनियर उत्तम श्रेष्ठले जानकारी दिनुभयो । सर्वाङ्ग अस्पतालको भेन्टीलेटर हाल प्रयोग गर्न योग्य भएको उहाँले बताउनुभयो ।

हाल नेपालको ७५ प्रतिशत अस्पतालहरुमा बायोमेडिकल इन्जिनियरहरु नभएको भन्दै इन्जिनियर श्रेष्ठले अहिलेको परिवेशमा अस्पतालहरुमा वायोमेडिकल इन्जिनियरहरुले सहयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।