५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको सम्पूर्ण सम्पति-शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्छ : कांग्रेसका नेता केसी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताउनुभएको छ । सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जिवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो – हामी सरकारलाई पनि भन्न चाहान्छौँ, अहिले तिमी ठुला–ठुला विकास, समृद्धिका सपना, झुठको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पतिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर । पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरुँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभयो ।