२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमा आज दाजुभाईले पहिलोपटक फरक–फरक टिमको कप्तानी गर्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल गुजरात टाइटन्स (जीटी) र लखनउ सुपरजायन्ट्स (एलएसजी) बीच हुनेछ । यो खेल दिउँसो ३ः४५ बने अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

त्यसैगरी, आजको दोस्रो खेल राजस्थान रोयल्स (आरआर) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुनेछ । आरआर र एसआरएचबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा गुजरातले लखनउ विरुद्ध जित निकालेमा उसको लखनउमाथि लगातार चौथो जित हुनेछ । लखनउका नियमित कप्तान केएल राहुल चोटका कारण आईपीएलको चालू सिजनबाट बाहिर भएका छन् । यस्तो अवस्थामा क्रुणाल पाण्ड्याले टोलीको जिम्मेवारी सम्हाल्नेछन् । आईपीएलमा दुई दाजुभाइले सँगै भिन्न टोलीको कप्तानी गरेको यो पहिलो पटक हो ।

गुजरातले यो सिजन अहिलेसम्म खेलेका १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले उत्कृष्ट प्रदर्शन जारी राखेको छ । साविक विजेता समेत रहेको गुजरात १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले २ खेल जित्ने वित्तिकै प्लेअफमा पुग्नेछ ।

डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल लखनउविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल, मोहम्मद शामी र मोहित शर्मा जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

लखनउले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ४ मा पराजय बेहोरेको छ । यस्तै, एक खेल भने वर्षाका कारण अनिर्णित रह्यो । टोलीको ११ अंक छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी मार्कस स्टोइनिस, निकोलस पूरन, काइल मेयर्स र नवीन उल हक हुन सक्छन् । यी बाहेक रवि बिश्नोई, कृणाल पाण्ड्या र आयुष बडोनी जस्ता भारतीय खेलाडीले टोलीका लागि राम्रो प्रदर्शन गरिरहेका छन् ।

गुजरात र लखनउ दुवै टोलीको यो दोस्रो सिजन हो । हेड टु हेडको कुरा गर्दा डिफेन्डिङ च्याम्पियन गुजरातको टोली लखनउमाथि हावी रहेको छ । यी दुई टोलीबीच अहिलेसम्म जम्मा तीन खेल भएका छन् जसमा तीनै पटक गुजरातले जित निकालेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । आइतबार अहमदाबादको मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । दिउँसोको तापक्रम २८ देखि देखि डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), अभिनव मनोहर, विजय शंकर, डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, मोहम्मद शमी, मोहित शर्मा र जोशुआ लिटल ।

लखनऊ सुपर जायन्ट्सः क्रुणाल पाण्ड्या (कप्तान), काइल मेयर्स, मनन वोहरा, करण शर्मा, आयुष बडोनी, मार्कस स्टोइनिस, निकोलस पूरन (विकेटकीपर), कृष्णप्पा गौतम, नवीन–उल–हक, रवि बिश्नोई र मोहसिन खान ।