२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता गर्न सकिने



अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइलहरु भन्सार जाँच पास भएपछि स्वतः एमडीएमएस प्रणालीमा दर्ता गर्न मिल्ने जनाएको छ ।

विसं २०८० जेठ १ गतेदेखि यात्रुहरुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी प्रकाशित सूचना अनुसार मोबाइल सेटहरु दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरुलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस प्रणालीमा लागू गरिने भएको हो ।

प्राधिकरणका अनुसार निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयंले राहदानी वा नागरिकता र डिर्पाचर र अराइभल स्ट्याम्प देखिने गरी राहदानीको पृष्ठ वा बोर्र्डिङ पास राखेर दर्ता गर्न सकिनेछ । साथै नेपालभित्र खरिद गर्दा एमडीएमएस प्रणालीमा दर्ता भएको वा नभएको भन्ने यकिन गरेर मात्रै खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।