३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको नि:शुल्क उपचार गर्छौं: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने पतिवद्धता जनाउनुभएको हो ।

उहाँले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई नि:शुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले नि:शुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभिया सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताउनु भयो । मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाउनु भयो । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको बताउनु भयो । उहाँले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष सिन्धुपाल्चोकका समग्र समस्या अवगत गराउँदै आएको पनि उल्लेख गर्नुभयो ।