३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार



फाईल फोटो
अ+ अ-
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ ।
आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।
बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ । गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ । यही वैशाख ३० र ३१ गते बस्ने गरी मिति तय भएको बैठक थप तयारी गर्नुपर्ने भएकाले जेठमा सारिएको थियो । रासस