२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दर्शकलाई आलोचना गरेपछि क्लासेनमाथि लाग्यो जरिवाना



अ+ अ-

एजेन्सी । शनिबार (मे १३) मा घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सनराइजर्स हैदरावाद लखनउ सुपरजाइन्ट्ससँग ७ विकेटले पराजित भएको थियो ।

यो हारपछि टोलीका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनलाई ठूलो जरिवाना गरिएको छ । आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा क्लासेनलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्लासेनले २९ बलमा ४७ रन बनाए । उनको मद्दतमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा लखनउ सुपर जाइन्ट्सले १९.२ ओभरमा तीन विकेट गुमाएर १८५ रन बनाएर खेल जित्यो । उनले खेलको क्रममा लेग अम्पायरसँग झगडा गरेका थिए । यसै क्रममा उनले इनिङ्स सकिएपछि प्रसारकसँगको कुराकानीमा दर्शकको आलोचना गरे ।

‘क्लासेनले आईपीएल आचार संहितामा सार्वजनिक आलोचनारअनुपयुक्त टिप्पणीको प्रयोगसँग सम्बन्धित धारा २(७) अन्तर्गत लेभल १ अपराध स्वीकार गरेका छन्’ आईपीएलले एक विज्ञप्तिमा भनेको छ ।

सबै विवाद खेलको १९ औं ओभरको तेस्रो बलपछि सुरु भयो । आवेश खानको फुल टस बलमा अब्दुल समदले एक रन लिए । यो ब्याट्सम्यानका लागि खतरनाक बल थियो । अम्पायरले नो बल घोषित गरे । लखनउका कप्तान क्रुणाल पाण्ड्याले यो नो बलको रिभ्यु लिए । त्यसपछि थर्ड अम्पायरले मैदानमा रहेका अम्पायरको निर्णय परिवर्तन गरे । उनले नो बल दिएनन् । अब्दुल समद यसबाट खुसी थिएनन् । यसबारे उनले लेग अम्पायरलाई गुनासो गरेका थिए । क्लासेन अम्पायरसँग झगडा गरिरहेका थिए ।

चौथो बलमा आवेश खानले हेनरिक क्लासेनलाई एक रन पनि बनाउन दिएनन् । यसैबीच, मैदानमा रहेका अम्पायर लखनउ डगआउट नजिक पुगेर सहयोगी स्टाफसँग कुरा गरिरहेको देखियो । उनले सनराइजर्स हैदरावादका स्पिन प्रशिक्षक मुथैया मुरलीधरनसँग कुरा गरे । त्यसपछि सामाजिक सञ्जालमा धेरै भिडियो र तस्बिर भाइरल भए । क्लासेनले दर्शकहरूको मनोवृत्तिको आलोचना गरे, जसको लागि उनलाई जरिवाना गरिएको थियो ।