२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम जोडिएपछि तरुण दलको आपत्ति



फाईल फोटो
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाको नाम जोडिएकोप्रति नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले आरजूको नाम जोडेर विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तीगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति ध्यानाकर्षण जनाएका हुन् ।

भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुदा कुनै ठोस प्रमाणबिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यस प्रती सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिती आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ ।

सो प्रकरणमा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन बढी व्यक्ति पक्राउ परिसकेका छन् ।




भर्खरै