३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा, लेदोमा पुरिएका गाडी निकालिंदै



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काभ्रे । आइतबार रातिको अबिरल वर्षापछि आएको बाढीले अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा आएको लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेको अनुसार अहिले सडकको लेदो हटाएर सडक खुलाइएको छ । कालढुंगामा लेदोले पुरिएका चारवटा गाडी निकाल्ने तयारी गरिउके उनले बताए ।

चिउरिबासमा स्थिानिय क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा सबै पुरिएको डीएसपी न्यौपानेले बताए।