काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई सार्वजनिक समारोहमा गालामा थप्पड हान्ने युवक चार महिना जेल जाने भएका छन् । भ्यालेन्सको एक अदालतले बिहीबार २८ वर्षीय दामियन तारेललाई सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंलाई गालामा थप्पड हानेको कारण चार महिना जेल सजाए दिएको हो ।
उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।












