२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन् ।

निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी गर्भे फरार रहेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।