२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण



अ+ अ-

कैलाली । संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ ।

जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युुरिफायर बैंकका नायब महाप्रबन्धक श्री रबिन कुमार नेपालज्यूले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष श्री विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख श्री लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो ।

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्‍याउने क्याम्पसको अध्यक्ष श्री विष्णुु प्रसाद सापकोटाले बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

यसै हप्ता सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।