२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्नु आपत्तिजनक– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उहाँले राजश्व संकलन देशको आन्तरिक विषय भएको भन्दै यही जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे गरेको ब्रिफिङमा प्रधानमन्त्रीले राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाएकोप्रति आपत्ति जनाउनुभएको हो ।

“सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?” ओलीले भन्नुभयो ।